राष्ट्रपति चुनाव कार्यतालिका : उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज
काठमाडौं । राष्ट्रपति निर्वाचनका उम्मेदवारहरूले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् । उम्मेदवारी फिर्ताको समय सकिएपछि आजै अन्तिम नामावली प्रकाशन गरिँदैछ ।
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राष्ट्रपतिमा उम्मेदवारी दिएकाले फिर्ता लिन सक्ने जनाएको छ । उम्मेदवारी फिर्ताको समय सकिएपछि आजै अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।
निर्वाचन आयोगले यही २५ गतेका लागि तय गरेको राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादीलगायत आठ दल सम्मिलित गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् । यी दुवैले उम्मेदवारी फर्ता लिने सम्भावना भने छैन ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया