आँधीले अमेरिकाको जनजीवन प्रभावित

काठमाडौं (एजेन्सी) । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा भारी हिमपात गराएको चिसो आँधी पूर्वतिर सरेको छ । जसको प्रभावले त्यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
बिबिसीका अनुसार, ओक्लाहोमा, कान्सास, मिसौरी र टेक्सासमा आँधीले घर भत्काउनुका साथै विद्युत् सेवा अवरुद्ध पारेको छ । हजारौं मानिस विद्युत सेवाबाट वञ्चित बनेका छन् ।
आँधीमा परी हालसम्म कम्तीमा १२ जना घाइते भएका छन् ।
अमेरिकाको माथिल्लो मध्यपश्चिम क्षेत्रको मौसम यस हप्ताको अन्त्यसम्म खराब रहने पूर्वानुमान छ।
अहिलेसम्म सबैभन्दा बढी विनाश क्यालिफोर्नियामा भएको छ । सम्भावित जोखिमलाई मध्यनजर गरेर सडक र समुद्री किनारा बन्द गरिएको छ।
रिपोर्टका अनुसार, ओक्लाहोमा राज्यमा आइतबार राति सात वटा आँधी आएको थियो। त्यहाँको भिडियो फुटेजमा कारहरू पल्टिएको र घरका छानाहरू उडाएको देखिन्छ ।
उत्तरी टेक्सासको ओक्लाहोमाको सिमानामा हावाको गति १८३ किलोमिटर प्रतिघण्टा रेकर्ड गरिएको थियो। यो श्रेणी ३ को हरिकेन बराबर हो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया