नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.४४ अंकले ओरालो लागेर दुई हजार १९९५ विन्दुमा सीमित भएको छ ।
आज २५७ स्टकको २६ हजार ४५४ पटक कारोबारमा ३७ लाख २९ हजार ९७६ रूपैयाँको कारोबार हुँदा एक अर्ब २८ करोड ८३ लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहको सेयर रताम्मे भएका छन् । जसमध्ये सबैभन्दा बढी लघुवित्तको २.६५ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.५८, विकास बैंक १.४१, वित्त ०.६३, होटल तथा पर्यटन १.४८, जलविद्युत १.३५, लगानी ०.८५, जीवन बीमा १.५४, उत्पादन २.२८, म्युचल फण्ड ०.७८, नीर्जीवन १.१०, अन्य १.३० र व्यापार १.२८ प्रतिशतले घटेको छ ।
बुधबार आदर्श लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीक लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै बारही हाइड्रोपावर ४.५८, खप्तड लघुवित्त २.७४, मनकामना स्मार्ट लघुवित्त २ प्रतिशत र नारयणी डेपलपमेन्टका लगानीकर्ताले १.९९ प्रतिशतका दरले गुमाएका छन् ।
बुधबार कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाइड्रोपावरको सर्वाधिक ८ करोड ७२ लाख ३७ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै दोस्रोमा शिमभ् सिमेन्ट ८ करोड ४० लाख ८० हजार, हिमालय डिष्टिलरी ३ करोड ३६ लाख ४० हजार, एनआइसी एशिया ३ करोड २४ लाख ८३ हजार र युनिभर्सल पावर कम्पनीको ३ करोड १२ लाख ७९ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया