एक्साइडको नयाँ विद्युतीय रिक्सा ब्याट्री विक्री वितरण सुरु
काठमाडाैं । सिप्रदी ट्रेडिङ्ग प्रालिले एक्साइड ब्राण्डको विद्युतीय रिक्सामा प्रयोग हुने नँया इ-रिक्सा ब्याट्रीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको छ । एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्री नेपालको एक मात्र १५ महिना लामो वारेन्टी भएको ब्याट्री हो ।
विश्व प्रसिद्ध एक्साइड ब्राण्डको इ–रिक्सा ब्याट्रीहरु फ्याक्ट्रीबाट पहिले नै चार्ज हुने भएकोले सिधा जडान गर्न सकिने छ । साथै विशेष अलोई प्रणाली भएका यी ब्याट्रीहरुले छिटो चार्ज हुनुका साथै प्रशोधित पानीको पनि कम खपत गर्छन । यसैगरी, यिनीहरुमा ‘रगेड ट्युवलर पोजिटिभ प्लेट’ को विशेषता भएकोले यसले विद्युतीय रिक्साको भार तान्न सक्ने क्षमतामा अधिकतम वृद्धि गर्दछ । आफ्नो उत्कृष्ट रसायनिक एवं अन्य गुणहरुको कारण यो नँया उत्पादनले छोटो समयमै ग्राहकहरुको मन जित्नेमा सिप्रदी ढुक्क छ ।
कम्पनीको अनुसार कुनै पनि पुरानो ब्याट्री साटेर नया एक्साइड ब्याट्री पनि ग्राहकहरुले प्राप्त गर्न सक्नेछन ।
ताजा अपडेट
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा आवेदन माग
-
लुम्बिनीको तराई क्षेत्रमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध
-
कतिबेलाबाट सुरु हुन्छ उपनिर्वाचनको मतगणना ?
-
पहाडी भागमा आज हल्का वर्षाको सम्भावना
-
१५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
प्रतिक्रिया