लेबनानकाे शरणार्थी शिविरमा झडप हुँदा एकको मृत्यु, सात घाइते
बेरुत । दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् ।
नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपमा सुरु भएको केही समयपछि सशस्त्र झगडामा परिणत भएको बताइएको छ ।
हताहत बाहेक झडपमा कैयौ सवारी साधन र पसलहरुमा पनि ठूलो क्षति पु¥याएको लेबनानमा रहेको अंग्रेजी समाचारपत्र आफ्नो वेबसाइटमा जनाएको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया