NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

अब राष्ट्रिय गौरवका आयोजनामा प्रयोग हुने छडको परीक्षण सरकारी निकायमै गर्नुपर्ने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनाको निर्माणमा प्रयोग हुने छडको रसायनिक परीक्षण सरकारको आधिकारिक निकायमामात्रै गर्न निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयल तथा मतहतका निकायलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । उक्त पत्रमा आयोजनाहरूमा प्रयोग हुने छड रसायनिक परीक्षण नेपाल गुणस्तर तथा नापतौल विभागको प्रयोगशालामा गर्न भनिएको छ ।

साथै विभागमा परीक्षण गर्न असम्भव भएको खण्डमा नेपाल सरकारको आधिकारिक निकायमा परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसअघि दिएको सुझावलाई सरकारले पालना गरेको हो । आयोगमा यसअघि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माणको क्रममा न्यून गुणस्तरको फलामे छड प्रयोग भएको भन्दै उजुरी परेको थियो ।

आज भन्दा नौ वर्षअघि परेको उजुरीको छानविन टुंग्याउँदै आयोगले गत माघ ५ मा सरकाराई यस्तो सुझाव दिएको थियो ।

सोही सुझावलाई कार्यान्वयनमा ल्याउने सरकारले सबै मन्त्रालय र मातहतका निकायमा यस्तो निर्देशन दिएको हो । सरकारले २४ वटा ठूला आयोजनालाई राष्ट्रिय गौरवका आयोजनमा सूचिकृत गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष