राष्ट्रपति निर्वाचन : सोमबार राति १२ बजेदेखि प्रचारप्रसारमा रोक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सम्बन्धमा सोमबार राति १२ बजेपछि प्रचारप्रसार गर्न लगाइएकाे छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार राति १२ बजेदेखि २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जानकारी सम्बन्धित दल, उम्मेदवा, मतदाता र सम्बन्धित पक्षलाई जानकारी गराइसकेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न ४८ घण्टादेखि मतदान नसकिँदासम्म प्रचारप्रसार गर्न निषेध गरिएको आयोगले जनाएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनबाट कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ, चुनावी मैदानमा उत्रिएका छन् । पौडेललाई कांग्रेस, माओवादीसहित ८ दलको समर्थन रहेको छ । नेम्वाङ पक्षमा अहिलेसम्म एमालेमात्र देखिएको छ । मतदान २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कायम रहने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया