राष्ट्रपति निर्वाचन : सोमबार राति १२ बजेदेखि प्रचारप्रसारमा रोक
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन सम्बन्धमा सोमबार राति १२ बजेपछि प्रचारप्रसार गर्न लगाइएकाे छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार राति १२ बजेदेखि २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने जानकारी सम्बन्धित दल, उम्मेदवा, मतदाता र सम्बन्धित पक्षलाई जानकारी गराइसकेको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न ४८ घण्टादेखि मतदान नसकिँदासम्म प्रचारप्रसार गर्न निषेध गरिएको आयोगले जनाएको छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्ता गठबन्धनबाट कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ, चुनावी मैदानमा उत्रिएका छन् । पौडेललाई कांग्रेस, माओवादीसहित ८ दलको समर्थन रहेको छ । नेम्वाङ पक्षमा अहिलेसम्म एमालेमात्र देखिएको छ । मतदान २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कायम रहने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया