भियतनामको सबैभन्दा ठूलो व्यापार मेला अप्रिलमा

हनोई। भियतनाम एक्स्पो २०२३ अप्रिल ८ देखि १५ सम्म राजधानी हनोईमा आयोजना हुँदैछ । उक्त एक्सपोमा १५ देशका विभिन्न क्षेत्रका उत्पादनहरूको प्रदर्शनी हुने आयोजकले बताएका छन् ।
सन् १९९१ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको भियतनाम एक्सपो भियतनामी व्यवसायहरूका लागि आफ्ना उत्पादनहरूको प्रचारप्रसारका लागि उपयुक्त मञ्च हुने विश्वास गरिएको छ ।
यस वर्षको प्रदर्शनीमा १५ देशका विभिन्न ५०० भन्दा बढी कर्पोरेशनहरूको सहभागिता रहने आयोजक भिनेक्सड कम्पनीले जनाएको छ।कार्यक्रमले इलेक्ट्रोनिक्स, मेसिनरी, उपकरण र सहयोगी उद्योगहरू, डिजिटल प्रविधि, र ई(कमर्स लगायतका विभिन्न उद्योगहरूलाई समेट्नेछ।
आयोजकका अनुसार प्रदर्शनीको मुख्यतया चीन, कम्बोडिया, इन्डोनेसिया र दक्षिण कोरियालगायत देशका उत्कृष्ट उत्पादन र सेवाहरू प्रदर्शन गर्ने अन्तरराष्ट्रिय मञ्च समावेश छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया