‘प्रभु स्मार्ट फन्ड’ को इकाइमा आवेदन दिने समय थप
काठमाडौं । ‘प्रभु स्मार्ट फन्ड’ को इकाइमा आवेदन दिने समय थप भएको छ । अब सो इकाइमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले फागुन १८ गतेबाट बिक्री खुला गरेको हो । प्रभु क्यापिटलले प्रभु म्युचुअल फन्डअन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो ।
जसमध्ये १४५ अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १५ अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । फन्डमा न्यूनतम १०० रूपैयाँदेखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।
यो १० वर्षे बन्दमुखी योजना हो । यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिन्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया