ओलीलाई प्रधानमन्त्रीको जवाफ : मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको जिकिर गरेका छन् ।
केहि दिनअघि एमालेका अध्यक्ष केपी ओलीले मुस्ताङमा सरकारले बौद्ध विश्वविद्यालय खोल्न दिएर चीन विरोधी गतिविधि गरेको आरोप लगाएका थिए । मंगलबार राजधानीमा भएकाे एक कार्यक्रममा ओलीको आरोपको प्रतिवाद गर्दै प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सरकारले विश्वविद्यालय खोल्न स्वीकृती नदिएको बताएका हुन् ।
‘मुस्ताङमा स्थानीय तहले कलेज खोल्ने पहिल्यैदेखि चाहना गरेको हो । केन्द्र सरकारले विश्वविद्यालय खोल्न कुनै स्वीकृती दिएको छैन्’, उनले भने ।
सोमबार सरकारले विज्ञप्ति निकाल्दै ओलीको आरोपको खण्डन गरेको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया