ओलीलाई प्रधानमन्त्रीको जवाफ : मुस्ताङमा विश्वविद्यालय खोल्न स्वीकृति दिएको छैन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न भारतलाई स्वीकृति नदिएको जिकिर गरेका छन् ।
केहि दिनअघि एमालेका अध्यक्ष केपी ओलीले मुस्ताङमा सरकारले बौद्ध विश्वविद्यालय खोल्न दिएर चीन विरोधी गतिविधि गरेको आरोप लगाएका थिए । मंगलबार राजधानीमा भएकाे एक कार्यक्रममा ओलीको आरोपको प्रतिवाद गर्दै प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सरकारले विश्वविद्यालय खोल्न स्वीकृती नदिएको बताएका हुन् ।
‘मुस्ताङमा स्थानीय तहले कलेज खोल्ने पहिल्यैदेखि चाहना गरेको हो । केन्द्र सरकारले विश्वविद्यालय खोल्न कुनै स्वीकृती दिएको छैन्’, उनले भने ।
सोमबार सरकारले विज्ञप्ति निकाल्दै ओलीको आरोपको खण्डन गरेको थियो ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया