पल शाहविरुद्ध अदालतमा बलात्कार मुद्दा दर्ता
काठमाडौं । अभिनेता पूर्णविक्रम (पल) शाहविरुद्ध नवलपरासी पूर्वको नवलपुर जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।
एक नाबाकालिग गायिकाका बुवाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
अभिनेता शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिइ करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।
शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ ।
नाबालिग गायिकाका बुवाले शाहले आफ्नाी छोरीलाई बलात्कार गरेको ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।
त्यसपछि शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी परेको थियो ।
नवलपरासी पूर्वको एक रिसोर्टमा ७ चैत २०७७ मा आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।
शाह अहिले तनहुँको दमौलीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनीसँगै उनका व्यवस्थापक कृष्ण जोशी पनि छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया