NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

खरिदार पदमा विज्ञापन खुल्यो, कुन कार्यालयमा कति ?

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदहरूमा आन्तरिक, खुला र समावेशी प्रतियोगिताबाट पूर्ति गर्नेगरी विज्ञापन आह्वन गरेको छ ।

आयोगले आफ्नो नियमित कार्यतालिकाअनुसार देशभरका कार्यालयको कोटा छुट्याएर विज्ञापन आह्वान गरेको हो ।

खुला तथा समावेशीतर्फ सबैभन्दा धेरै जनशक्ति काठमाडौंमा २८ जना माग गरिएको छ । त्यस्तै, धनकुटा कार्यालयमा १८, इलाम कार्यालयमा १२, खोटाङ कार्यालयमा १०, जलेश्वर कार्यालयमा १८, काठमाडौं कार्यालयमा २८, हेटौंडा कार्यालय १३, पोखरा कार्यालयमा १५, बागलुङ कार्यालयमा १६, बुटवल कार्यालयमा २१, दाङ कार्यालयमा २१, सुर्खेत कार्यालयमा १७, जुम्ला कार्यालय ४, दीपायल कार्यालय ९ र महेन्द्रनगर कार्यालयमा १७ जना जनशक्तिका लागि आवेदन आह्वान गरिएको छ ।

अनलाइनमार्फत आगामी चैत १४ गतेसम्म आवेदन दिन सकिनेछ । आयोगका अनुसार, दोब्बर दस्तुर तिरेर चैत २२ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष