राष्ट्रपति भण्डारीको कार्यकाल सफल, उत्कृष्ट र मर्यादित रह्यो : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल र उत्कृष्ट रहेको दाबी गरेका छन् ।
भोजपुरको गाउँमा जन्मिएर नेपालको पहिलो महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको टिप्पणी गरे । राष्ट्रपति भण्डारीको पहिलो र दोस्रो कार्यकाल सफल र मर्यादित भएकोसमेत बताए ।
बुधबार ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको पहिलो राष्ट्रपतिमा भण्डारीलाई पाउनु नेपाल र नेपालीका लागि गर्वको विषय भएको जिकिर गरे ।
‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्छ कि विद्या भण्डारीजस्तो तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले, देशलाई ७ वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सेवा गर्नुभयो । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर दोस्रो पटक फेरि राष्ट्रपति बनाइएको हो’, ओलीले भने ।
अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया