सिरियामा ड्रोन आक्रमणमा चार जना मारिए
एजेन्सी । सरकार नियन्त्रित पूर्वी सिरियामा बुधबार इरान समर्थित गुटहरूद्वारा भएको ड्रोन आक्रमणमा चार जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । उक्त आक्रमणमा अन्य आठ जना घाइते भएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स रामी अब्देल रहमानका अनुसार पूर्वी सहर देइर एजोरमा इरान समर्थित समूहको हतियार कारखाना नजिक ड्रोन आक्रमण भएको हो ।
आक्रमण शीर्ष इरानी कमाण्डरहरू र लेबनानको हिजबुल्लाह आन्दोलनका वरिष्ठ अधिकारीहरूको निवासलाई लक्ष्य गरेर भएको ठानिएको छ।
सिरियाली सरकारसँग गठबन्धनमा रहेका इरान समर्थक गुटहरू हिजबुल्लाहलगायत देइर एजोर प्रान्त हुँदै बग्ने युफ्रेटिस नदीको दक्षिण र पश्चिममा भारी मात्रामा तैनाथ छन् ।
आतङ्कवादीले बिछ्याएको बारुदी सुरुङ देइर एजोर नजिक विस्फोट हुँदा केही हताहत भएका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि त्यसबारे विस्तृत विवरण दिएका छैनन् । गत जनवरी ३० मा सोही क्षेत्रमा भएको ड्रोन हमलामा ११ जना मारिएका थिए ।
सन् २०११ देखि प्रारम्भ भएको द्वन्द्वबाट करिब पाँच लाख सर्वसाधारणको ज्यान गइसकेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमा क्रुर दमन भएपछि सिरिया द्वन्द्वको चपेटामा परेको हो । लाखौँ घरबारविहीन भएका छन्भने त्यति नै सङ्ख्यामा विस्थापित भएका छन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया