राष्ट्रपति निर्वाचनको मतदान सुरु
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगको निर्धारित समयतालिकाअनुसार अहिले बिहान १० बजेबाट नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा मतदान सुरु भएको हो ।
नयाँ राष्ट्रपतिका लागि अहिले बिहान १० बजेबाट मतदान सुरु भएको जनाएको छ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । संघीय संसदमा ३३२ र प्रदेश संसदमा ५५० सांसदले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि राष्ट्रपति चयन गर्ने छन् । संघीय सांसदको एक मतबराबर ७९ र प्रदेश सांसदको एक मतबराबर ४८ मतभार कायम गरिएको छ ।
निर्वाचनमा कांग्रेस, माओवादी सम्मिलित आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ छन् ।
निर्वाचन आयोगका अनुसार, मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । यसको अन्तिम नतिजा साँझ ६ बजेभित्र सार्वजनिक गर्ने आयोगको तयारी छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया