मतदानपछि पौडेल– एमालेको पनि भोट पाउँछु, अरूले जस्तो गल्ती गर्दिनँ, उदाहरणीय बन्छु
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू विजयी भएमा उदाहरणीय काम गर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा राष्ट्रपतिका लागि मतदानपछि बोल्दै उनले विगतको गल्ती नदोहोर्याउने प्रतिबद्धता जायर गर्दै यो पदको गरिमा र मर्यादा कायम राख्ने बताएका हुन् ।
मतदानपछि उनले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रका राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु, त्यो तपाईंहरुले देख्न पाउनुहुन्छ,’
विगतमा राष्ट्रपतिबाट कमीकमजोरी भएको संकेत गर्दै उनले आफूबाट त्यस्तो गलत काम नहुने प्रतिबद्धता पनि जनाए ।
पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन एमाले सांसदले पनि मत दिने विश्वास व्यक्त गरे । एमालले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।
आगामी राष्ट्रपतिका लागि अहिले बिहान १० बजेबाट मतदान सुरु भएको छ । संघीय सांसद र प्रदेश सांसद यो निर्वाचनका मतदाता हुन् । निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै साँझ ६ बजेभित्र परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया