दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक
काठमाडाैं । अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिएका छन् ।
उनले बुधबार भनेका थिए कि यहाँको कम्तीमा पनि दुई तिहाई जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ ।
संयुक्त राष्ट्रसङ्घीय ती दूतका अनुसार यस वर्ष यहाँका दुई तिहाई नागरिकलाई जीवन रक्षाकै लागि सो सामग्री आवश्यक परेको छ र यसका लागि चार अर्ब डलरभन्दा बढी रकम आवश्यक परेको छ ।यस वर्ष सो रकमको व्यवस्था गर्न नसक्ने हो भने यहाँको अवस्था निकै नाजुक हुन पुग्ने पनि बताइएको छ ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधि रोजा ओटुबयाभाले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार युद्धमा परेको र हाल तालिबान सरकार रहेको यस देशमा खाद्यान्न र नागरिकका आधारभूत आवश्यकताहरुको खाँचो दिनप्रतिदिन पर्दै गएको छ ।
ताजा अपडेट
-
विजयादशमी: देशभर मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी
-
दसैँको टीका र जमराको धार्मिक महत्व के हो?
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित


प्रतिक्रिया