सामसुङ स्मार्ट प्लाजा अब कैलालीमा
काठमाडाैं । नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जालअन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्सले पुष्पलाल चोक, धनगढी, कैलालीमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ ।
प्रभाकर शमशेर थापा, हिम इलेक्ट्रोनिक्स र कलाधर ठाकुर (कृष्ण कन्हैया अर्डर एण्ड सप्लायर्स)द्वारा २६ फागुनमा सो प्लाजाको उद्घाटन गरिएको थियो ।
सुविधा सम्पन्न यस सामसुङ स्मार्ट प्लाजा, ग्राहकहरूको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ । ग्राहकहरूले अब आफ्ना पुराना उपकरण र फोनहरू ल्याइ सामसुङको नयाँ उपकरणहरूसँग पनि साट्न सक्नेछन् । यससँगै, ग्राहकहरूले हुलास फिन सर्भमार्फत सजिलै किस्ताबन्दिको सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस सामसुङ स्मार्ट प्लाजाका संचालक शिव शङ्कर ठाकुर हुन् । उक्त अवसरमा प्लाजाका प्रबन्धक शिव शङ्कर ठाकुरले धनगढीका ग्राहकहरूको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए ।
ताजा अपडेट
-
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
-
फिफा विश्वकप २०२६ : बराबरीमै रोकिए साउदी र उरुग्वे
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
विश्वकप हेर्ने नाममा साइबर ठगी बढ्दो, शंकास्पद एप डाउनलोड नगर्न प्रहरीको आग्रह


प्रतिक्रिया