एमालेले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
काठमाडाैं । नेकपा (एमाले)ले उपराष्ट्रपति पदको निर्वाचनमा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उप–महासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा छलफल भएको उनले बताए ।
आज उपराष्ट्रपति पदका लागि मनोनयन हुँदैछ । बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा समीक्षा भएको पार्टीका उपमहासचिव ज्ञवालीले जानकारी दिए । एमालेले यसअघि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया