NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

साताको अन्तिम दिन सुनको मूल्य स्थिर

साताको अन्तिम दिन सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । महासंघका अनुसार आज सुनको मूल्य बिहीबारकै मूल्य अर्थात ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन तोलामा पाँच सय रूपैयाँ बढेको थियो । यो साताको आइतबार छापावाल सुन तोलामाल दुई सय रूपैयाँ बढेर एक लाख दुइ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । साताको अन्य दिनमा भने सुनको मूल्य घटेको थियो ।

बुधबार सुनको मूल्य तोलामा एक हजार दुई सय रूपैयाँ घटेर ९९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार छापावाल सुन तोलामा एक हजार ८ सय रूपैयाँ घटेर एक लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार छापावाल सुन तोलामा ५ सय रूपैयाँ घटेर एक लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार थियो ।

आज तेजावी सुनको मूल्य पनि स्थिर छ । शुक्रबार तेजावी सुन बिहीबारकै मूल्य  प्रतितोला ९९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको हो । बिहीबार चाँदी तोलामा एक हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष