गुणस्तरीय शिक्षा राज्यको उच्च प्राथमिकतामा हुनुपर्छ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले गुणस्तरीय शिक्षा राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिएकी छन् ।
काठमाडौँको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले भनिन् ‘देश विकासको मेरुदन्ड शिक्षाको विकास हो, त्यसैले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम राज्यको उच्च प्राथमिकतामा पर्नुपर्दछ ।’
युलेन्स स्कुल व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी राणाले नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले १७ वर्षअघि युलेन्स स्कुलको स्थापना गरिएको जानकारी दिँदै यस विद्यालयका बालबालिकाका अभिभावक, कर्मचारी, युलेन्स फान्डेशनलगायत सबैको मेहनतले यो दोस्रो युनिट बाँसबारीमा सुरु गर्न लागिएको बताइन्।
बाँसबारीमा रहेको उक्त स्कुलले कक्षा १ देखि ८ कक्षासम्मको पठनपाठन यसै शैक्षिकसत्रदेखि सञ्चालन गर्ने भएको जानकारी पनि सोही अवसरमा दिइएको थियो । सो कार्यक्रममा चिनियाँ राजदूत चेन सङले युलेन्स स्कुलले नेपालमा गुणस्तीय शिक्षामा महत्वपूर्ण योगदान पु-याएको बताएका थिए ।
युलेन्स एजुकेशन फाउन्डेशनका अध्यक्ष सोम पनेरुले नेपालमा गुणस्तरीय शिक्षामा सबैको पहुँच दिलाउने उद्देश्यले लामो समयदेखि युलेन्स स्कुलले सेवा गरिरहेको बताए। गैरनाफामूलक शिक्षण संस्थाका रुपमा नेपालको गुणस्तरीय शिक्षामा पहुँच पु-याउने उद्देश्यले परोपकारी गाइ र मरियम युलेन्स दम्पतीले सन् २००६ मा निश्चित रकम आर्थिक सहयोग गरेर स्कुल सञ्चालन भएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया