राष्ट्रपति पौडेललाई कसले गराउँदैछन् शपथ ग्रहण ?
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई काममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएका छन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा दिउँसाे १ बजे आयोजना हुने विशेष समारोहमा पौडेलले कार्कीबाट शपथ ग्रहण गर्न लागेका हुन् । यसअघि राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँदै आएका थिए ।
योपटक प्रधानन्यायाधीश नभएकाले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्कीले शपथ ग्रहण गराउने लागेका हुन्छन् ।
पौडेल फागुन २५ गते एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका थिए । पौडेल आजै बोहराटारस्थित निजी निवासबाट शितलनिवास सर्दैछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया