कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढ्यो
काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल आन्तरिक कर्जा ३.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिर्पोटअनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ९.४ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ३४.३ प्रतिशतले बढेकोमा २०७९ माघ मसान्तमा यस्तो दावी ५१.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १२.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.६ प्रतिशतले बढेको छ ।
ताजा अपडेट
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने
-
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
-
अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
दीपक भट्टसित जोडिएका मृगेन्द्रनाथ रिमाल पक्राउ


प्रतिक्रिया