NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

सेल्फी खिच्ने क्रममा घरमाथिबाट खसेर महिलाको मृत्यु

काठमाडाैं । सेल्फी खिच्ने क्रममा घर माथिबाट खसेर एक महिलाको मृत्यु भएको छ । होली खेली सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुंथास्थित ४३ वर्षीया जीवनकुमारी खड्का रहेको प्रहरीले जनाएको छ ।

सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।