वीर अस्पतालका पाँच स्टाफ नर्स बर्खास्त
काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालले एकसाथ पाँच स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । बर्खास्तमा पर्ने सबै पाँचौं तहका हुन् ।
चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान नियमावली, २०६५ अनुसार कुनै पनि कर्मचारी लामो समय बिदा बस्नुपरेको खण्डमा अख्तियारप्राप्त व्यक्तिबाट स्वीकृत गराएर मात्र बस्नुपर्ने नियम छ । यी पाँच स्टाफ नर्स बिनाजानकारी लामो समयदेखि सम्पर्कमा नआएपछि अस्पतालले गत पुस ३ मा ३० दिने सूचना निकालेर हाजिर हुन बोलाएको थियो । उक्त अवधिमा पनि सम्पर्कमा नआएपछि अस्पताल प्रशासनले उनीहरूलाई बर्खास्त गरेको हो ।
बर्खास्त गरिएकाहरूमा सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुन छन् । श्रेष्ठ ०७६ असोज १ देखि, ढकाल ०७६ फागुन १५ देखि, सिटौला ०७४ चैत १ देखि, लम्साल ०७५ असार २२ र पुन ०७५ पुस १३ देखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित थिए ।
पटक–पटकको आग्रहलाई अटेरी गरेकाले उनीहरूलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली, २०६५ को नियम १३३ (घ) बमोजिम सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।
निजामती कर्मचारी अस्पतालले गर्यो ठूलो संख्यामा विज्ञापन, नर्स मात्रै ५६ जना
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया