ओलीले किन तुलना गरे सत्ता गठबन्धनका शीर्ष नेतालाई रावणसँग ?
काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनलाई १० टाउके रावणको अवतार भएकाे चित्रण गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनको पूर्वासन्ध्यामा मंगलबार पार्टीका सांसदहरूसँग भएको अन्तर्क्रियामा १० दलीय गठबन्धनका शीर्ष नेताहरूलाई उनले रावणसँग तुलना गरेका हुन् । सो अन्तक्र्रियामा उनले गठबन्धनका नेताहरूले संविधानको मर्म मिच्न र महिला अधिकार खोस्न लागिपरेको आरोप लगाए ।
‘संविधानको मर्म मिच्न र महिलाका हक, अधिकार खोस्न अहिले १० दलीय गठबन्धनका नेताहरू लागिपरेका छन्’, ओलीले भने, ‘ १० दलीय गठबन्धनका १० वटा टाउको एकै ठाउँमा राखेपछि के हुन्छ ? रावणको पनि थियो १० टाउको, अहिलेका रावण पनि फेरि महिलाका हक र अधिकार हरण गर्न लागेको देखिन्छ।’
त्यस्तै निर्वाचन आयोगले जसपा उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपतिमा उम्मेदवारी कायमै राखिदिएकोमा आपत्ति जनाए ।
चैत ३ गते हुने उपराष्ट्रपति पदका लागि एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएका छन् । गठबन्धनले रामसहायप्रसाद यादवलाई आधिकारिक उम्मेदवार बनाएको छ । यादवको उम्मेदवारीविरुद्ध गठबन्धनकै ममता झाले उम्मेदवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया