NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ योजना : भाग्यमानी २ जनाले पाए ५ तोला सुन

काठमाडौं । सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा ‘शिवमसँग उपहार टन्न’ उपहार योजनाको मेगा लक्की ड्र अन्तर्गत भाग्यशाली ६० अर्थात उपभोक्ततर्फ ३० जना  र विक्रेतातर्फ ३० जना विजेताको नाम लक्की ड्र मार्फत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा कम्पनीले एक कार्यक्रमको आयोजना गरी विजेताको नाम सार्वजनिक गरेको  हो ।

जसमा उपभोक्तातर्फ ४७ तोला तथा विक्रेता तर्फ ४७ तोला सुन उपहार राखिएको थियो । आज सम्पन्न मेगा लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारवापत २ भाग्यशालीले ५/५ तोला सुन प्राप्त गरेका छन् ।

त्यस्तै, दोस्रो पुरस्कारअन्तर्गत २/२ जनाले ३/३ तोला सुन जितेका छन् भने तेस्रो पुरस्कारअन्तर्गत ६ जनालाई २/२ तोला सुन र चौथो ८ जनालाई १/१ तोला सुन तथा अन्य १० जनाले आधा आधा तोला सुन जितेका छन् ।

यस अघि भएका मासिक लक्की ड्रहरुबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना विजेताहरु छनौट भइसकेको शिवम् कम्पनीले जनाएको छ । जसअन्तर्गत ४ जोडीले थाईल्याड भ्रमण, ८ जोडिले गासाईकुण्ड होली टुर, ३० जोडिले माउन्टेन फ्लाईट, २८ जनाले आधा केजी चाँदी, ३२ जनाले हिराको औठी, १६ जनाले सुनको सिक्रि जितिसेकका छन् । यसै गरी अर्को १६ जनाले सुनको औठी र पुन १६ जनाले २ ग्राम सुनको सिक्का जितिसकेका छन् ।

शिवम् सिमेन्टले यहि मंसिर १८ गतेदेखि ‘शिवमसँग उपहार टन्न’ उपहार योजना सार्वजनिक गरेको थियो । जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्रयाच कुपन प्राप्त गरेर २०० रुपैयाँ देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५ ग्राम देखि ५ ग्रामसम्म सुनको सिक्का वा सिक्रि पक्का उपहार राखेको थियो  । त्यसै गरी, कम्पनीले सोही कुपनको  अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्थासमेत मिलाएको थियो । कम्पनीको यो योजनामा ग्राहकले उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।