उपराष्ट्रपति निर्वाचन हुँदै, प्रतिस्पर्धामा शाक्य, यादव र झा
काठमाडौं । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुने भएको छ । गत फागुन २५ मा राष्ट्रपतिको निर्वाचन गरेको निर्वाचन आयोगले आज नयाँ उपराष्ट्रपतिका लागि निर्वाचन गर्न लागेको हो ।
संसद् भवनको लोत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने आयोगले जनाएको छ ।
निर्वाचनका लागि संघ र प्रदेशका सांसद मतदाता रहनेछन् ।
भावी राष्ट्रपतिको प्रतिस्पर्धामा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा छन् । शाक्य एमाले, साह आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । जनमत पार्टी गठबन्धनमै भए पनि सो पार्टीकी झाले पनि उम्मेदवारी दिएकी छन् ।
निर्वाचन आयोगले मतदानाको नतिजा आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया