उपराष्ट्रपति निर्वाचनबारे रास्वपा अनिर्णित, टुंग्याउन पदाधिकारी बैठक डाकियो
काठमाडौं । चैत ३ गते आज हुन गइरहेको उपराष्ट्रपति निर्वाचनमा पार्टीका तर्फबाट कसलाई मतदान गर्ने भन्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीले अझै निर्णय लिन सकेको छैन । यसबारे ठोस निर्णय लिन सो पार्टीले अहिले बैठक आह्वान गरेको छ ।
रास्वपाका एक नेताले शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय, धुम्बाराहीमा यसबारे निर्णय लिन पार्टी पदाधिकारी बैठक डाकिएको जानकारी दिए ।
राष्ट्रपति निर्वाचनमा पनि रास्वपाले निकै विलम्ब गरेर आठदलीय गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय लिएको थियो । उपराष्ट्रपतिमा पनि रास्वपा आठदलीय गठबन्धनकै पक्षमा उभिन सक्ने ठानिएको छ ।
उपराष्ट्रपति पदका लागि अहिले बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुँदैछ । निर्वाचनमा एमालेबाट अष्टलक्ष्मी शाक्य, आठदलीय गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धामा छन् ।
उपराष्ट्रपति पुनको समयावधि सकिएपछि उक्त स्थानका लागि निर्वाचन हुन लागेको हो । यसअघि फागुन २५ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया