साइकलमा भ्रष्टाचारको बात लागेका सचिव धरौटीमा छुटे
काठमाडौं । मधेस प्रदेशको साइकल खरिदमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन प्रदेश सचिव यमलाल भुसाल १० लाख रूपैयाँ धरौटीमा छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य शालिग्राम कोइरालाको इजलासले भुसाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालत स्रोतले धुसाललाई १० धरौटीमा छाड्न आदेश दिएको जनाएको छ ।
गत साउन १८ मा मधेस प्रदेशको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा उनीसहित अन्य व्यक्तिले भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनको दफा ८(१) र दफा ९ बमोजिम थप सजायको मागदाबी गर्दै मुद्दा दायर भएको थियो । यसमा मुख्य जिम्मेवार भुसाल भएको र उनका कारण मधेस प्रदेश सरकारलाई १० करोड ३३ लाख रूपैयाँ नोक्सान भएको निचोड निकाल्दै उति नै रकम बिगो माग दाबी गर्दै मुद्दा दायर भएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया