देशभरका सांसद शीतलनिवासमा
काठमाडौं । संघ र प्रदेशका सांसदहरू शीतलनिवासमा भेला भएका छन् ।
गत फागुन २५ मा राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले भेटघाट तथा चियापानका लागि सांसदहरूलाई शीतलनिवास बोलाएका थिए । उनकै निम्ता मान्न सांसदहरू शीतलनिवासमा भेला भएका हुन् ।
शुक्रबार उपराष्ट्रपति निर्वाचनका लागि काठमाडौं आएका सत्ताधारी दलका अधिकांश सांसद अहिले शीतलनिवासमा छन् ।
राष्ट्रपति पौडेलको सचिवालयले अहिले चियापान तथा भेटघाट कार्यक्रम चलिरहेको बताएको छ ।
चियापान तथा भेटघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेससभापति शेरबहादुर देउवा पनि उपस्थित छन् ।
आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिमा निर्वाचित पौडेलले कार्यभार सम्हालेपछि पहिलो पटक सांसदहरूलाई बोलाएर औपचारिक भेटघाट गरेका हुन् ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया