सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख १० हजार रूपैयाँ

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रूपैयाँ बढेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जुनहालसम्मकै उच्च मूल्य हो ।
महासंघका अनुसार शुक्रबार सुनको मुल्य एक लाख सात हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रूपैयाँ कायम भएको छ भने चाँदी एक हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया