प्रचण्डले जनताको विश्वास गुमाइसके, अब विश्वास गर्ने ठाउँ छैन : वैद्य
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको विश्वास गुमाएको जिकिर गरेका छन् ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महासचिव वैद्यले राजनीतिमा कहिँ नभएको विचित्रको लिला प्रचण्डले देखाएकाले विश्वास गर्ने ठाउँ नभएको आरोप लगाए ।
‘चुनावमा जाने बेलामा ओलीले संविधान खत्तम पारे भनेर कांग्रेससहितका दलहरूसँग गठबन्धन गरे । निर्वाचन पछि ओलीकै शरणमा परेर सरकार बनाए । ल भन्नोस् त, यहाँ भन्दा विचित्र के हुन्छ ? ओलीसँगको सम्बन्ध टिकाउन नसकेर फेरि कांग्रेसतिर लागे। राजनीतिमा लिला भइसक्यो भन्नुस् । यस्तो चालले अब चल्नेवाला छैन । जनताले विश्वास पनि अब गर्नेवाला छैनन्’, उनले भने ।
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लास’जस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया