प्रधानमन्त्री जंगबहादुर हुन्, विश्वास गर्न सकिँदैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दहाल प्रचण्ड जंगबहादुर शैलीमा चलेको आरोप लगाएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डमाथि कडा टिप्पणी गरेका हुन् । प्रचण्डले पार्टी एकीकरण गरेपछि टिक्न नदिएको जिकिर गर्दै वामपन्थी सरकार ढालेर प्रतिगमन भयो भन्दै दक्षिणपन्थी सरकार बनाएको आरोप लगाए ।
‘प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ। त्यो पार्टीका उहाँ बाहेक अरू केही छैन। जंगबहादुर शैलीको हुनुहुन्छ। उहाँले जे भन्यो अरूलाई बोल्न पनि दिनुहुन्छ। विपक्षमा बोल्यो भनेर त्यसको पत्ता साफ हुन्छ’, उनले भने । प्रचण्डले राष्ट्रिय शक्तिका रुपमा रहेको एमालेलाई कमजोर पार्ने, अर्थतन्त्रलाई ध्वस्त बनाउने, जनतामा अनेकता ल्याउने काम गर्ने र वैदेशिक सम्बन्धलाई अविश्वसनीय बनाउने काम गरिरहेको ओलीले आरोप लगाए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया