दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा कायम भएको छ ।
आज दुई सय ५८ कम्पनीको २९ हजार २२२ पटक कारोबारमा ५२ लाख ५५ हजार ८६ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बढेका उपसमूहरमा सबैभन्दा बढी व्यापार ४.६६ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.४५, विकास बैंक १.७९, वित्त १.६१, होटल तथा पर्यटन २.००, जलविद्युत २.२१, लगानी १.७५, जीवन बीमा ०.९८, उत्पादन ०.८२, माइक्रोफाइनान्स ०.४२, म्युचल फण्ड ०.२९, नीर्जीवन ०.९५ र अन्य २.०४ प्रतिशतले बढेको छ ।
सोमबार युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट लागेको छ । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावर ७.७३, नयाँ सारथी लघुवित्त ६.१८, मानुषी लघुवित्त ५.६७ र बिन्दाबासिनी हाइड्रोपावरका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै सोमबार सर्पोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ५.३६ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा आइएमइ जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६३ लाख ९२ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एसियाको ६ करोड १९ लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया