दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा कायम भएको छ ।
आज दुई सय ५८ कम्पनीको २९ हजार २२२ पटक कारोबारमा ५२ लाख ५५ हजार ८६ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८५ लाख ८३ हजार ९८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बढेका उपसमूहरमा सबैभन्दा बढी व्यापार ४.६६ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.४५, विकास बैंक १.७९, वित्त १.६१, होटल तथा पर्यटन २.००, जलविद्युत २.२१, लगानी १.७५, जीवन बीमा ०.९८, उत्पादन ०.८२, माइक्रोफाइनान्स ०.४२, म्युचल फण्ड ०.२९, नीर्जीवन ०.९५ र अन्य २.०४ प्रतिशतले बढेको छ ।
सोमबार युनिक नेपाल लघुवित्तको सेयरमा सर्किट लागेको छ । उक्त कम्पनीको लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावर ७.७३, नयाँ सारथी लघुवित्त ६.१८, मानुषी लघुवित्त ५.६७ र बिन्दाबासिनी हाइड्रोपावरका लगानीकर्ताले ४.७७ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै सोमबार सर्पोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ५.३६ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा आइएमइ जनरल इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६३ लाख ९२ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा एनआइसी एसियाको ६ करोड १९ लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
-
धार्मिक पर्यटकीय क्षेत्र घुमारी घाट ओझेलमा
प्रतिक्रिया