‘धाेकेबाज हौ तिमी’ गीतको विवादपछि शिव परियारले दिए स्पष्टीकरण
काठमाडौं । पछिल्लो समय भाइरल बनिरहेकाे गीत ‘धोकेबाज हौ तिमी’ लाई लिएर विवाद भएपछि गायक शिव परियारले सामाजिक सञ्जालमार्फतस्पष्टीकरण दिएका छन्।
परियारले ‘धोकेबाज’ गीत आफूले चोरेर गाएको नभएको बताउँदै गालीगलौज नगर्न अनुरोध गरेका छन्। उनले आफ्ना दर्शकलाई वास्तविकता बुझन अपिल गदै हल्लाकोपछि नलाग्नसमेत आग्रह गरेका छन् । एक अन्तरवार्तामा परियारले ‘धोकेबाज’ गीत बारे दिएको अभिव्यक्तिका कारण उनी अहिले विवादमा तानिएका छन् ।
उनले गीतको आधिकारिक स्रष्टा र सङ्गीतकार सुवास कार्की भएको र कुनै पनि गीतमा स्वर दिने गायक–गायिका नै उक्त गीतको आधिकारिक र ओर्जिनल गायक गायिका हुने कुरा स्टाट्समा उल्लेख गरेका छन्।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया