निर्वाचन आयोगद्वारा दल दर्ता आह्वान, बैशाख १० मा कहाँ कहाँ हुँदैछ चुनाव
काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका निर्वाचन क्षेत्रमा उपनिर्वाचन गर्नका लागि दल दर्ता आह्वान गरेको छ ।
साेमबार आयोगले सूचना जारी गर्दै रिक्त रहेका चितवन–२, तनहुँ–१, बारा–२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन प्रयोजनका लागि चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो ।
नागरिकता प्रकरणमा दोषी ठहर गर्दै चितवन–२ बाट निर्वाचित रास्वपाका सांसद रवि लामिछानेको पद सर्वोच्च अदालतले बदर गरेको थियो ।
तनहुँ–१ मा निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल र बारा–२ बाट निर्वाचित जसपाका सांसद रामसहायप्रसाद यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएपछि स्वतः पदमुक्त भएका छन् ।
त्यस्तै भ्रष्टाचार आरोपमा अदालतबाट दोषी करार भएका मनाङबाट निर्वाचित कांग्रेसका सांसद टेकबहादुर गुरुङको क्षेत्रमा भने निर्वाचन हुने/नहुने विषयमा आयोग मौन छ । आयोगले रिक्त यी क्षेत्रमा बैशाख १० मा निर्वाचन गराउने तयारी गरेको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया