प्रधानमन्त्रीविरूद्ध किन भयो नयाँ बानेश्वरमा नाराबाजी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध नाराबाजी गर्ने तीन जना युवालाई नयाँ बानेश्वरबाट सुरक्षा कर्मीले नियन्त्रणमा लिएको छ ।
५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा सहभागी हुनेक्रममा मंगलबार प्रधानमन्त्रीविरूद्ध ती युवाले विरोध तथा नाराबाजी गरेको प्रहरीले जनाएको छ ।
कार्यक्रममा एक युवाले प्रधानमन्त्रीसमक्ष आफ्ना कुरा राख्न प्रहरीसँग आग्रह गरेका थिए । तर प्रहरीले ती युवालाई पक्राउ गर्न खोजेपछि थप दुई जना युवाहरूले प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए ।
उनीहरूले मुल्यवृद्धि खारेज गर, युवा मार्न पाइँदैन, बैंकको मिटर ब्याज मिनाह गर लगायत जस्ता नाराबाजी गरेका थिए । अहिले तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया