वनकालीमा राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन् । उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपण गरेका हुन् ।
वृक्षरोपण कार्यक्रमका आयोजक तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रशन्न हुने भएकाले आज राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा रोपण गरिएको उनको भनाइ छ ।
वनकाली क्षेत्र कृपालु क्षेत्र भएको र नागदेवता नागचम्पा फूलले पूजा गर्दा खुसी हुने भएकाले वृक्षरोपण गरिएको आयोजकले जनाएको छ । गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया