सवारी दुर्घटनामा दुई किशोरको मृत्यु
मोरङ । फागुन पूर्णिया (होली) को दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई किशोरको मृत्यु हुनुका साथै ४१३ सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
यस्तै मापसे सेवन गरी होहल्ला गरी हिड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया