सवारी दुर्घटनामा दुई किशोरको मृत्यु
मोरङ । फागुन पूर्णिया (होली) को दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुई किशोरको मृत्यु हुनुका साथै ४१३ सवारी साधन कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त मञ्जिल मुकारुङका अनुसार को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोरङको कटहरी गाउँपालिका–५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका–१ का १८ वर्षीय रिसभ चौधरीको आज दिउँसो उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी जिल्ला ट्राफिक कार्यालय मोरङ प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार मापसे गरेर सवारी साधन चलाउने मोटरसाइकल, सिटी, अटो, कार, ट्याक्टरसहित ४१३ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
यस्तै मापसे सेवन गरी होहल्ला गरी हिड्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया