नबिल बैंकको महारजगञ्ज शाखा स्थानान्तरण हुँदै, चैत्र १२ देखि नयाँ ठाउँबाट कारोबार
काठमाडौं । नबिल बैंक लिमिटेडले काठमाडौं महानगरपालिका-०३ महारजगञ्ज शाखा स्थानान्तरण हुने भएको छ । बैंकले यही चैत्र १२ गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय, लकर नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको बैंकले जनाएको छ ।
हाल काठमाडौं महानगरपालिका महारजगञ्ज-०३ मा अवस्थित शाखा काठमाडौं महानगरपालिका -०३ लाजिम्पाटमा स्थानान्तरण हुन लागेको हो ।
त्यस्तै काठमाडौं महानगरपालिका -०३ धापसीमा लकर स्थानान्तरण हुने लागेको बैंकले जनाएको छ ।
बैंकले सूचना जारी गर्दै २०७९ चैत्र १० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र लकरमा राखिएका टुटफुट हुने सामान निकाल्न अनुरोध गरेको छ ।
ताजा अपडेट
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
-
सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
प्रतिक्रिया