बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार प्रतितोला २ हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार एक हजार २ सय रूपैयाँले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबारको लागि तेजावी सुन प्रतितोला एक लाख ८ हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ३६० रूपैयाँका कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया