सुनको मूल्य पुन: उकालो, चाँदी स्थिर

काठमाडौं । बिहीबार उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार पनि उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार एक हजार २ सय रूपैयाँले उकालो लागेको सुनको मूल्य शुक्रबार ८ सय रूपैयाँले उकालो लागेको हो ।
महासंघका अनुसार बिहीबार एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारको लागि तेजावी सुन प्रतितोला एक लाख ९ हजार ती सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य बिहीबारकै मूल्य एक हजार ३६० रूपैयाँमा नै कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया