महिला र सीमान्तकृत वर्गका कानुन व्यवसायीलाई तालिमकोअवसर
काठमाडौं । नेपाल बार एशोसिएशनले महिला तथा सीमान्तकृत वर्गका नयाँ कानुन व्यवसायीहरूका लागि क्षमता विकासको तालिम प्रदान गर्ने भएको छ ।
न्यायमा सबै क्षेत्रका वर्गको पहुँच बढाउनका लागि तीन महिना उक्त तालिम सञ्चालन हुने सूचनामार्फत जनाइएको छ ।
एशोसिएशनले यूएनडिपीसँगको सहकार्यमा उक्त अवसर खुलाएको हो । जसमा महिला, दलित, आदिवासी, जनजाती, मधेशी, मुस्लिम, थारु, उत्पीडित वर्ग, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक, पिछडिएको क्षेत्र, आर्थिक रूपले विपन्न खस आर्य समुदायका कानुन व्यवसायीहरू सहभागी हुन सक्छन् ।
उनीहरूको व्यवसायिक तथा व्यवहारिक ज्ञान क्षमता विकास गरी त्यस्ता क्षेत्र तथा वर्गको पहुँचको अभिवृद्धिका लागि तीन महिनाको तालिम सञ्चालन हुने जनाइएको छ ।
इच्छुकले अबको २१ दिनभित्र दरखास्त पेश गर्न सक्नेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया