ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेण्डर सार्वजनिक

काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको विसं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका छन् ।
ग्लोबल आईएमई बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत मण्डला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताए ।
मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्नुहुँदै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्धन गर्न ग्लोबल आइएमई बैंक प्रतिबद्ध रहेको बताए ।
चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार पारेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिए ।
नेपालको मौलिक मण्डला चित्रहरुलाई मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उनको भनाइ रहेको थियो ।
‘छरिएर रहेका मण्डला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो,’ उनले भने, ‘यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।’
ताजा अपडेट
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
-
फोनपेको २१ औं एशियन पेमेन्ट नेटवर्क फोरम आयोजना सम्पन्न
-
ग्लोबल आइएमई बैंकको कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरू
-
के पाकिस्तानले भारतीय हवाई हमलाको जवाफ दिनेछ ?
प्रतिक्रिया