वसन्त कुँवर आइजीपी नियुक्त
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक(आइजीपी) नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आइजीपी नियुक्त गरेको हो ।
महानिरीक्षकको दौडमा रहेका पाँच एआईजीमध्ये उनी पहिलो नम्बरमा थिए । कुवँरसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि आइजीपी बन्ने दौडमा थिए ।
यसपटक भने सरकारले वरीयता क्रम कायम राखेर आइजीपी नियुक्त गरेको छ । यसअघिका नियुक्ति वरीयता मिचेर गर्दा विवादित बन्ने गरेका थिए ।
कुँवर २०५९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा आवद्ध भएका हुन् ।
ताजा अपडेट
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति


प्रतिक्रिया