लुम्बिनी सरकारबाट माओवादी केन्द्र बाहिरियो

काठमाडौं । माओवादी केन्द्रले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो ।
लुम्बिनी सरकारमा माओवादीबाट आर्थिक मामिला मन्त्रीमा जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चौधरी र आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णा केसीले मुख्यमन्त्री लीला गिरिसमक्ष राजीनामा बुझाएको माओवादी संसदीय दलका नेतासमेत रहेका महराले जानकारी दिए ।
माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरि अल्पमतमा परेका छन् । संविधान बमोजिम उनले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । राष्ट्रपति निर्वाचनमा एमाले–माओवादी सत्ता समीकरण बदलिएपछि त्यसको असर लुम्बिनी सरकारमा पनि परेको हो ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया