मन्त्री छान्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक डाकेको छ ।
सरकारमा पठाउने मन्त्रीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
सरकारमा पार्टीका तर्फबाट पठाइने मन्त्रीबारे निर्णय लिन बैठक डाकिएको कांग्रेसका एक नेताले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका निर्वाचनपछि बनेको गठबन्धन आबद्ध दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसके पनि क–कसलाई मन्त्री बनाउने भन्ने अहिलेसम्म टुंग्याएको छैन । मन्त्रीका आकांक्षी धेरै भएकाले टुंग्याउन सकस परिरहेको बताइएको छ ।
कांग्रेसका एक नेताले भोलि बस्ने बैठकले यसबारे ठोस निर्णय लिने जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया