एनआइसी एशियाको भाइबर बैंकिङ, के-के छन् सुविधा ?

काठमाडाैं । वर्तमान समय डिजिटल युगको समय हो । अहिले हरेक मानिस प्रविधिमा निर्भर हुन थालेका छन् । नयाँ नयाँ प्रविधिको विकास भएसँगै अब मानिस प्रविधिकै प्रयोग गरी कामलाई थप छिटो छरितो र झन्झटमुक्त हुन चाहान्छन् । प्रविधिको विकास तीव्र रुपमा बढ्दै गएसँगै व्यापार, व्यवसाय गर्ने कम्पनीदेखि सेवा प्रदान गर्ने संस्थालाई यसको प्रयोग गर्नमा थप चुनौती थपेको छ ।
अबका कम्पनी संघसंस्थाहरु अनिवार्य रुपमा प्रविधिमा जोडिनुपर्ने परिस्थिति सिर्जना भइसकेको छ । एनआइसी एशिया बैंकले पनि पनि प्रविधिलाई पछ्याउँदै समयसापेक्ष कम्पनीका सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै गएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल च्यानल बढीभन्दा बढी प्रयोग गरोस् भन्ने उद्देश्यले विभिन्न सचेतनाका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधादेखि, मोबाइल बैंकिङ, अनलाइनबाटै निक्षेप जम्माजस्ता सुविधा ग्राहकमाझ पस्किँदै आएको छ । जसकारण ग्राहकलाई बैंकसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । यसबाहेक एटिमबिना नै रकम झिक्न मिल्ने, एटिमबाटै निक्षेप जम्मा गर्न मिल्नेलगायतका डिजिटल बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । यसबाहेक पनि बैंकले प्रदान गर्दै आएको डिजिटल सेवाअन्र्तगत भाइबर बैंकिङ पनि एक हो ।
के हो भाइबर बैकिङ ?
भाइबर लोकप्रिय इन्टरनेटमा आधारित क्रस प्लेटफर्म तत्काल म्यासेजिङ र भ्वाइस ओभर आईपी ९भीओआईपी० एप्लिकेसन हो । गुगल प्ले स्टोरबाट यसलाई निःशुल्क डाउनलोड गर्न सकिन्छ ।
भाइबर बैकिङ सेवा कसरी लिने ?
ग्राहकले प्ले स्टोरबाट सिधै भाइबर डाउनलोड गरी यो एप चलाउन सकिन्छ । एनएआइसीको भाइबर बैंकिङ सेवा लिनको लागि आफ्नो मोबाइलमा रहेको भाइबर एपमार्फत एनआइसीको सर्वसाधारण खाता सब्सक्राइब गर्नुपर्छ । भाइबर एप सब्सक्राइब गर्न ग्राहकले निम्न नियमहरु पालना गर्नुपर्ने हुन्छ :
१. मोबाइल, ल्यापटप वा कम्युटरमा भाइबर एप शुरू गरेपछि आइकनलाई ट्यापिङ गरी सर्वसाधारण खाता (पब्लिक एकाउन्ट) मा जानुहोस् ।
आइकन ट्याप गरी खाली स्थानमा ‘बैंकको नाम’ मा प्रवेश गरी बैंकको पब्लिक एकाउन्ट खोज्नुहोस् ।
बैंकका लागि पब्लिक एकाउन्ट डिस्प्ले हुनेछ । आइकनलाई ट्याप गरी बैंकको पब्लिक एकाउन्ट सबस्क्राइब गर्नुहोस् । एकचोटि सबस्क्राइब भएपछि सम्बन्धित आइकन आइकनमा परिणत हुनेछ र तपाईंंले आफ्नो एपमा वेलकम नोटिफिकेसन पाउनुहुनेछ ।
भाइबर बैंकिङमा विभिन्न सेवाहरू प्रयोग गर्नका लागि तपाईंंले बैंकको पब्लिक एकाउन्टसँग कुराकानी शुरू गर्नुपर्छ । बैंकलाई ‘हाइ’ वा ‘हेल्लो’ म्यासेज पठाएर बैंकसँग एक्लाएक्लै वार्ता गर्नुहोस् । तपाईंंले तत्कालै प्रतिक्रिया पाउनुहुनेछ । र, तपाईंलाई अन्तरक्रियात्मक मेनु उपलब्ध हुनेछ । भाइबर बैंकिङ प्रयोग गर्न सम्बन्धित मेनु बटन ट्याप गर्नुहोस् ।
भाइबर बैंकिङका लागि कसरी दर्ता गर्ने ?
भाइबर बैंकिङका लागि दर्ता गर्न यी चरणहरू पालना गर्नुहोस् :
१.बैंकको पब्लिक एकाउन्ट छान्नुहोस् र आइकनमा ट्यापिङ गरी कुराकानी शुरू गर्नुहोस् । त्यसपछि स्क्रोल गर्न सक्ने मेनु आइटम ल्याउन च्याट इन्टरफेसमार्फत बैंकलाई ‘हाइ’ वा ‘हेल्लो’ सन्देश पठाउनुहोस् ।
२.बैंकलाई दर्ता अनुरोध पठाउनका लागि रजिस्टर बटनमा ट्याप गर्नुहोस् ।
३.तपाईंले आफ्नो दर्ता गरिएको मोबाइल नम्बर इन्टर गर्नुहोस् र प्रोम्पटेड भएपछि पठाउनुहोस् ।
४.तपाईंंको मोबाइलमा तपाईंंले एसएमएसको रूपमा छ अंकको दर्ता टोकन पाउनुहुनेछ ।
५.प्रोम्पटेड हुनासाथै ५ अंकको टोकन पठाउनुहोस् ।
बैंकले तपाईंंलाई तपाईंं सफलतापूर्वक दर्ता हुनुभयो भन्ने कन्फर्म म्यासेज पठाउँछ ।
अब तपाईंंले भाइबर बैंकिङमार्फत खातासँग सम्बन्धित सेवाहरू प्रयोग गर्न सक्नुहुन्छ ।
के सेवाहरू उपलब्ध छन् ?
बैंकले उपलब्ध गराएको भाइबर बैंकिङमार्फत खातासम्बन्धी जानकारी जस्तै ग्राहकको खाता नम्बर, प्रकारलगायत दर्ता गरिएको खातासम्बन्धी जानकारी प्राप्त गर्न सिकन्छ । ब्यालेन्सबारे जानकारी र संक्षिप्त जानकारी लिन सकिन्छ ।
एनआइसीको मोबाइल भाइबर चलाउन अनिवार्य रुपमा मोबाइल बैंकिङ सेवा लिएको हुनुपर्ने छ ।
प्रतिक्रिया