नेप्सेमा छायो हरियाली, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार सोमबार नेप्से १७.७० अंकले बढेर १९०६.०० विन्दुमा कायम भएको छ ।
आज दुई सय ६१ कम्पनीको ३६ हजार ९८० पटक कारोबारमा ४३ लाख ०८ हजार ६४५ सय कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ३८ करोड २७ लाख ६७ हजार ९८१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज माइक्रोफाइनान्स समूहबाहेक सबै उपसूचक बढेको छ । माइक्रोफाइनान्स ०.५१ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरमा सबैभन्दा बढी उत्पादन २.३५ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.२६, विकास बैंक २.२१, वित्त २.०२, होटल तथा पर्यटन १.५५, जलविद्युत १.७२, लगानी ०.८२, जीवन बीमा २.०७, उत्पादन २.३५, म्युचल फण्ड ०.५८, नीर्जीवन १.४७, अन्य १.०० र व्यपार १.२३ प्रतिशतले बढेको छ ।
आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा सुपर मे हाइड्रोपावर १० प्रतिशत, एशियन हाइड्रो र कालिञ्चोक दर्शनका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज नेशनल माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै जाल्पा सामुदायिक लघुवित्त ८.३०, जनउथ्थान सामुदायिक लघुवित्त ६.९७, माहुली लघुवित्त ५.२९ र उपकार लघुवित्तका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक ५ करोड ९० लाख ८० हजार रूपैयाँको कारोबार भयो । जीवन विकास लघुवित्त ४ करोड ७० लाख ३३ हजार, नबिल बैंक ४ करोड ४ लाख ५८ हजार, एनआइसी एशिया ३ करोड ९५ लाख ९७ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया