नेप्सेमा छायो हरियाली, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार सोमबार नेप्से १७.७० अंकले बढेर १९०६.०० विन्दुमा कायम भएको छ ।
आज दुई सय ६१ कम्पनीको ३६ हजार ९८० पटक कारोबारमा ४३ लाख ०८ हजार ६४५ सय कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ३८ करोड २७ लाख ६७ हजार ९८१ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज माइक्रोफाइनान्स समूहबाहेक सबै उपसूचक बढेको छ । माइक्रोफाइनान्स ०.५१ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहरमा सबैभन्दा बढी उत्पादन २.३५ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.२६, विकास बैंक २.२१, वित्त २.०२, होटल तथा पर्यटन १.५५, जलविद्युत १.७२, लगानी ०.८२, जीवन बीमा २.०७, उत्पादन २.३५, म्युचल फण्ड ०.५८, नीर्जीवन १.४७, अन्य १.०० र व्यपार १.२३ प्रतिशतले बढेको छ ।
आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । जसमा सुपर मे हाइड्रोपावर १० प्रतिशत, एशियन हाइड्रो र कालिञ्चोक दर्शनका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज नेशनल माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै जाल्पा सामुदायिक लघुवित्त ८.३०, जनउथ्थान सामुदायिक लघुवित्त ६.९७, माहुली लघुवित्त ५.२९ र उपकार लघुवित्तका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक ५ करोड ९० लाख ८० हजार रूपैयाँको कारोबार भयो । जीवन विकास लघुवित्त ४ करोड ७० लाख ३३ हजार, नबिल बैंक ४ करोड ४ लाख ५८ हजार, एनआइसी एशिया ३ करोड ९५ लाख ९७ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
स्थानीय तहको राजस्व वृद्धिका चुनौती र सम्भावना: नीति निर्माण र समन्वय अभाव प्रमुख बाधक
-
बाँदरको समस्याको विकल्पमा कागुनोखेती
-
नारायणगढ–बुटवल सडकः तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशत मात्र
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
-
चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने
प्रतिक्रिया